Recent News

रक्तदान कार्यक्रम सम्पन्न

» 21 March 2016

हार्दिक आभार मार्च २० तारिख आइतबारका दिन रिजवुड नेपाली समाजको आयोजनामा वार्षिक रुपमा गरिदै आएको रक्तदान कार्यक्रममा उपस्थित भै हाम्रो मनोबल बढाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु, रक्तदान गर्नुहुने दाताहरु, स्वयम सेवकको रुपमा कार्यक्रम अवधिभर निरन्तर सहयोग गर्नुहुने भाइ-बहिनीहरु, समितिका सम्पूर्ण साथीहरु सबैमा रिजवुड नेपाली समाज यहाँहरु सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छ । आजको उक्त कार्यक्रममा १३५ जनाको उपस्थिती रहेको थियो भने ९३ जनाको नाम दर्ता भएकोमा १७ जनाले रक्तदान गर्न पाउनु भएन । यसरी आजको कार्यक्रममा ७६ जनाको रक्तदानबाट जम्मा ८५ युनिट रगत संकलन भएको थियो । रिजवुड नेपाली समाज