Recent News

अल्ट्रा धावक संजय पण्डितलाई रिज्वूड नेपाली समाजद्वारा सम्मान प्रदान

» 12 June 2015

उत्तर अमेरिककाको सर्वोच्च शिखर डेनाली (Mt. Mckinley) आरोहणको तयारीमा रहेका अल्ट्रा धावक संजय पण्डितलाई रिज्वूड नेपाली समाजले आज जुन ११ तारिकका दिन रिज्वूडको दुर्गा मन्दिरमा अन्तरक्रिया कार्यक्रम समारोह बीच सम्मान गर्नुका साथै सफलताको कामना गर्दै आर्थिक रकम समेत हस्तान्तरण गरियो ! स्मरण रहोस् सात महादेशका सातै वटा सर्वोच्च शिखर आरोहणको कीर्तिमान बनाउने अभियानमा रहनु भएका संजय पण्डितले यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालकै मलास्लु, अफ्रिकाको उच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर माउण्ट एलब्रुस, अस्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकान्कोगुवा आरोहण गरी सकेका छन् । पण्डितले नेपालको नाम विश्वमा चिनाउन आफु लागि परेको र अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अवस्मरणीय क्षण रहने र भुकम्पबाट दिवंगत हुनेहरूका आत्माको शान्तिको कामना गर्नुका साथै उहाँहरू प्रति सम्झना स्वरूप आरोहण समर्पण गर्ने कुरा बताउनुभयो। उहाँ जून २३ मा न्यूयोर्क देखि अलास्का प्रस्थान गर्नुहुनेछ !