Recent News
रिजउड नेपाली समाजको बिज्ञप्ती
» 21 July 2014
रिजउड नेपाली समाजको बिज्ञप्ती
आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु,
विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा आई आफ्नो व्यस्त जीवन विताईरहनु भएका तमाम नेपाली तथा विदेशी दाजुभाई तथा दिदी बहिनीहरुलाई श्रीमदभागवत ज्ञान महायज्ञका माध्यमबाट अझै सतमार्गमा लाग्न टेवा पुगोस र संकलित रकमबाट दूर्गा मन्दिर तथा साँस्कृतिक केन्द्र निर्माणमा सहयोग पुगोस भन्ने हेतुले शास्त्रले वताए वमोजिका कुराहरु गर्न यस राज्यमा बसेर अतिनै कठिन हुने कुरालाई हृदयङगम गरी त्यसको सट्टा स्कूलका वाल वालीकाहरुको छुट्टी भएको बेला, जाडो नभएको बेला, नेपालीहरुको महान चाड दशै तथा तिहार अगाडीको बेला, धेरै जस्तोले छुट्टी मिलाई घुमफिर गर्ने बेलालाई शुभ मुहर्त मानी कार्य समितीको स्वीकृतीबाट मिति तय गरी यहि आउदो July 27 देखी August 3 तारीक शुरु हुन गइरहेको दोस्रो वृहत श्रीमदभागवत ज्ञान महायज्ञको संघारमा आई विभिन्न संञ्चार माध्यमद्घवारा यस समयमा महायज्ञ लगाउन नमिल्ने तथा दान दिए लिए श्रीमान श्रीमती तथा कर्तालाई नै पिर्ने भन्ने समाचार प्रवाह भएपछि हामीले सर्वहितका लागी गर्न लागीएको यस महायज्ञमा अरुको व्यक्तिगत जीवनमा वेचइन नआओस भनी ज्योतिषी शास्त्रबाट अर्को उपयुक्त तिथी, मिती, समय नआउन्जेल सम्मका लागी कार्यक्रम स्थगीत भएको व्यहोरा सहस्र जानकारी गराउदछौं । अतः यसबाट हाम्रा धर्मपरायण नेपाली तथा बिदेशी दाजुभाई तथा दिदीबहिनीहरुमा पर्न गएको असुबिधा प्रति रिजउड नेपाली समाज क्षमा प्रार्थी छौ ।
आयोजक समितीका अध्यक्ष मोहन बहादुर ज्ञवाली तथा आयोजक समितीका संयोजक जनक भण्डारीले कार्यसमितीको स्वीकृती विना केहि व्यक्तिहरुलाई नेपालबाट अमेरिका आउन निमन्त्रणा तथा अमेरिकन एम्बेसी, नेपालमा भिसाको लागि अनुरोधको चिट्ठी पठाएको कारण उत्पन्न समस्याबाट कार्य समितीलाई परेको अप्ठेरोबाट सहज स्थिती बनोस भनी, अध्यक्ष मोहन बहादुर ज्ञवाली र संयोजक तथा कार्य समिती सदस्य जनक भण्डारीले उहाँहरुको पदबाट यस संस्थालाई राजिनामा दिनुभएको व्यहोरा जानकारी गराउदछौ । अव उपरान्त उहांहरुका प्रसंग जोडी आउने कुनैपनि कुरा, संस्थासंग सम्बन्ध नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौ ।
सहकुल खत्री
सचिव
रिजउड नेपाली समाज, न्यूयोर्क



