News Archives
Go to Homepage Go to Homepage
Home / news / रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
Posted Date: 2009-04-09



रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
न्युयोर्क वरपर बसोबास गर्ने नेपालीहरुको सामाजिक संगठन रिजउड नेपलीज सोसाइटीको आगामी दुई वर्षका लागि नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । आइतवार यहाँ सम्पन्न सोसाइटीको  चौथो  अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

सर्वसम्मत रुपमा चयन भएको नयाँ समितिको अध्यक्षमा श्री पराजुली, उपाध्यक्षमा रविकिरण कोइराला, सचिवमा गजेन्द्र बुढाथोकी, कोषध्यक्षमा मिलन शाही र सदस्यमा कृष्ण विष्ट, मिना श्रेष्ठ, कमला तिमिल्सिना, हरि काफ्ले र किशोर भण्डारी रहनुभएको छ ।

आइतवार  साँझदेखि शुरु भएको  अधिवेशनको सभापतित्व समितिका अध्यक्ष मोहन ज्ञवालीले गर्नुभएको थियो । सभामा सचिव गजेन्द्र बुढाथोकीले सचिवको तर्फबाट वार्षिक प्रतिवेदन र कोषध्यक्षको तर्फबाट रवि किरण कोइरालाले आर्थिक प्रतिवेदन र श्री पराजुलीले संस्थाको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई छलफलका साथ सहभागीहरुले पास गरेका थिए ।

निर्वाचन समितिकातर्फबाट प. मोतिराज भुषालले नयाँ नेतृत्व चयन सर्वसम्मत रुपमा भएको घोषणा गरेपछि आयोजित औपचारिक कार्यक्रममा  नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव वेदप्रसाद खरेलले यसरी नेपालीहरुको संगठनमा सहमति र समझदारीका आधारमा नयाँ नेतृत्व चयन हुनु खुसीको कुरा हो भन्दै आज नेपालमा कुर्सीका लागि मारामार चलिरहेको बेलामा मोहन ज्ञवालीले प्रजातान्त्रिक तवरले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिनु उहाँको महानता हो भन्नुभयो ।

रिजउड स्थापना गर्ने ज्ञवालीको अनुभवलाई नवनिर्वाचित समितिले सदुपयोग गर्न जाने संस्थाको मात्र विकास नभएर सारा अमेरिकामा बस्ने नेपालीहरुको समेत भलाई हुने छ भन्नुभयो ।

त्यसैगरी रिजउड नेपलिज सोसाइटीका पूर्व सचिव एवं समाजसेवी सरोज श्रेष्ठले रिजउडबाट सुरुवात भएको यो संस्था आज अमेरिकाभरका नेपालीले मात्र होइन नेपालमा बस्ने नेपालीहरुको समेत आस्थाको केन्द्र बन्न पुगेको भन्नुभयो  । नवनिर्वाचित समितिले यसलाई अझ वृहत रुपमा विकास गरी नेपालीहरुको साझा संगठन बनाओस भन्दै अनुभवी साथीहरुलाई समेटी अगाडि बढ्न अनुरोध समेत गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै रिजउड नेपलिज सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले हिजो आफू यस ठाउँमा आउँदा एक जना नेपाली थिएनन् । र आज झन्डै हजार जनाको हाराहारीमा हाम्रो बसोवास वृद्धि भएको स्मरण गर्दै हामीले संगठनमा केही लिन हैन दिने भावनाले लाग्नु पर्दछ भन्नुभयो । उहाँले आज यो संस्था रोजगारी नपाउने नेपालीलाई रोजगारी दिलाउने, बास नपाएकालाई बास दिलाउने र मृत्यु भएर सहयोग नपाएका नेपालीलाई सहयोग जुटाउने, दुःख, परिमर्का परेका नेपालीको मर्म बुझिदिने संस्थाको रुपमा विकास भएको छ भन्दै यो संस्थालाई नवनिर्वाचित समितिले अझ संगठित र प्रभावकारी बनाउन पर्दछ उहाँले भन्नुभयो, मैले कहिल्यै पनि म अध्यक्ष भएँ भन्ने भावना राखिन हमेसा मैले म यो अमेरिकामा रहेका नेपालीहरुको चौकिदार हुँ भन्ने भावना लिएर काम गरेकाले आज यो संस्था नेपालीहरुको साझा संस्थाको रुपमा परिणत भएको हो । यसलाई यसरी नै अगाडि बढाउन म तपाईहरुलाई जुनसुकै सहयोग गर्न पनि तत्पर रहेको छु भन्नुभयो ।

नवनिर्वाचित अध्यक्ष श्री पराजुलिले आफू र आफ्नो टिमलाई सर्वसम्मत रुपमा चयन गरिएकोमा सम्पूर्ण सहभागीलाई धन्यवाद दिदै मोहन ज्ञवालीको योगदान अतुलनिय छ र भविष्यमा उहाँको सक्रिय सहयोग हामीलाई चाहिन्छ भन्दै न्यूयोर्कमा गत साल रिजउड नेपलिज सोसाइटीद्धारा स्थापित दुर्गा मन्दिरको निर्माण विकास र संञ्चालनका लागि म मोहन ज्ञवालीलाई मन्दिर संञ्चालक समितिको अध्यक्षका रुपमा रहिदिन यही सभामा प्रस्ताव गर्दछु भन्नुभयो । त्यसरी राखिएको प्रस्तावको सम्पूर्ण उपस्थित सहभागीहरुले ताली बजाए र स्वागत एवं अनुमोदन गरेका थिए ।

आफूहरु सधैं संस्थाको  हितका लागि क्रियाशील रहने यसैगरी आफूलाई नेतृत्वमा पुर्žयाउनका लागि सहयोग गर्ने न्युयोर्कका सम्पूर्ण नेपालीहरुलाई नवनिर्वाचित अध्यक्षले आभार व्यक्त गर्दै दुई वर्षे कार्यकालमा सम्पूर्ण नेपाली समुदायको हितका लागि क्रियाशील रहने प्रतिवद्धता जनाउँदै नयाँ नेतृत्वलाई सहयोग पुर्žयाउन सबै शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ ।

  News
 
»

श्रीमद भागवत महापुराण समुद्घघाटन
 
»

वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
 
»

रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
 
»

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न
 
»

Blood Drive Program Organized by Ridgewood Neplaese Society
 
»

Appraisal from New York city Mayor on the occasion of Vijaya Dashami
 
»

Celebrating Nepalese New Year 2066 in Ridgewood, New York
 
»

Clean and Green America
 
»

रिज्ऊड नेपाली समाजको संस्थापक अध्यक्ष साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
 
»

Phone directory
 
»

रिजऊडमा निशुल्क स्वास्थ्य मेला (Free Health Fair at Ridgewood)
 
»

आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
 
»

नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
 
»

Newly Elected Executive Members
 
»

रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
 
   

© 2009. Ridgewood Nepalese Society, 16-05 Putnam Ave, Suite: 4C Ridgewood, NY-11385 USA
Phone: 718-366-0876    Fax: 718-366-0876     Email: contact@rnsociety.org

Powered by: Longtail e-media