News Archives
Go to Homepage Go to Homepage
Home / news / आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
Posted Date: 2009-04-23
Shree Parajuli (President)

Shree Parajuli (President)

आदरणिय दाजुभाई तथा दिदीबहिनिहरु,
संयुक्तराज्य अमेरिकाको न्यूयोर्क राज्य स्थित कुइन्स् काऊन्टि अन्तर्गत रिज्ऊडमा स्थापित  “रिज्ऊड नेपाली समाज” २००३ अप्रिल ७ मा बिधिबत्  दर्ता भई  आफ्नो सफल यात्रा तय गर्दै आजको दिन सम्म आई पुगेको छ। भर्खरै मात्र आफ्नो छैठौ वार्षिक साधारण सभा तथा कार्यसमिती को निर्वाचन विधीवत  सम्पन्न भएको बेहोर सर्बबिधितै छ। बिगतका दिनहरुमा येस समाजले न्युयोर्क राज्यमा बसोबस गर्दै आउनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनिहरुको सेवा र सहयोगको लागि विविध कार्यक्रमहरु सम्पन्न गर्दै आएको यहाँहरुलाई बिदितै छ। नेपाली धर्म, सन्स्क्रित र चाडपर्बहरुको जगेर्ना ,अङ्रेजी भाषा कक्षा,स्वास्थ्य सिविर, मानब अधिकार सम्बन्धी गोस्ठी ,नेपाली दाजु भाईहरु बिरामी पर्दा अथवा देहबसान हुँदा सम्पन्न गर्नु पर्ने आबस्येक कार्यहरु समेत एस समाजबाट येथासक्य रूपमा हुँदै आएका छन। तपाईंहरु सम्पूर्ण नेपाली दाजुभैहरुको सहयोग र सद् भावले मात्र हुन सकेको हो।

एस समाजले हालै मात्र रिज्ऊडमा एक दुर्गा मन्दिरको स्थापना गरेको बेहोरा यहाँहरुलाई जानकारी गराउन पाउदा हामीलाई खुशी लागेको छ। भर्खरै दात्री सस्थाहरुसँग प्रारम्भिक संपर्क कार्यको शुरुवात भै सकेको छ। दात्री सस्थाहरुबाट मात्र भर गरी यो कार्येको पूर्णता पाउन नसक्ने हुनाले सम्पूर्ण नेपाली दाजुभाइ, दिदिबहिनीहरु लगायत बिदेशी शुभ चिन्तक मित्रहरु सँग समेत येथासक्य सहयोगको अपेक्षा  समाजले राखेको छ। एस कार्य सफलतको एक अभियानको रूपमा हामीले “एक मोहर, मेरो समाज” नामक अर्थ सँकलन अभियान सन्चालन गर्ने तयारी गरेका छौ। जुन कार्यक्रम अन्तर्गत एक दिनको एक मोहरका दरले, त्रैमसिक, अर्धबार्शिक र वार्सिक रुपमा समाजलाई सहयोग गर्न सकिने छ। सरल र सहज रुपमा सहयोग पठाउने  हेतु रिजऊड नेपाली समाजको वेबसाइड http://www.rnsociety.org मार्फत अथवा तपाईं हरुलाई हामीले घर घरमा पठाउने सहभगिता  फारम मार्फत समेत सहयोग उपलब्ध गराउन सकिने छ। “मेरो एक मोहर, मेरो समाज” कार्यक्रम लाई अमेरिका भरी नै अभियानको रुपमा सन्चालन गर्नकोलागि यहाँ हरुको सहयोग सद् भाब र सुझाब को लागि हामी सदा स्वागत गर्ने छौ। तसर्थ रिज्ऊड नेपाली समाजले सुरु गरेको मन्दिर निर्माण तथा पुनर्स्थापना को पवित्र कार्यमा सहभागी बनी सहयोग पुर् याइ दिन हुन हामी सादार  अनुरोध गर्द छौ।

श्री पराजुली
अध्यक्ष
रिज्ऊड नेपाली समाज

  News
 
»

श्रीमद भागवत महापुराण समुद्घघाटन
 
»

वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
 
»

रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
 
»

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न
 
»

Blood Drive Program Organized by Ridgewood Neplaese Society
 
»

Appraisal from New York city Mayor on the occasion of Vijaya Dashami
 
»

Celebrating Nepalese New Year 2066 in Ridgewood, New York
 
»

Clean and Green America
 
»

रिज्ऊड नेपाली समाजको संस्थापक अध्यक्ष साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
 
»

Phone directory
 
»

रिजऊडमा निशुल्क स्वास्थ्य मेला (Free Health Fair at Ridgewood)
 
»

आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
 
»

नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
 
»

Newly Elected Executive Members
 
»

रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
 
   

© 2009. Ridgewood Nepalese Society, 16-05 Putnam Ave, Suite: 4C Ridgewood, NY-11385 USA
Phone: 718-366-0876    Fax: 718-366-0876     Email: contact@rnsociety.org

Powered by: Longtail e-media