FOUNDER MEMBERS
GENERAL MEMBERS

 
Welcome to Ridgewood Nepalese Society

----------------------------------------------------------------------------------------------------------

रिजउडमा दशैं साँस्कृतिक कार्यक्रम सम्पन्न

न्यूयोर्क, October 13, 2008- रिजउड नेपलिज सोसाइटी (Ridgewood Nepalese Society) द्वारा न्यूयोर्कको रिजउडमा शहरमा हिजो साँझ दशैं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको शुरुवात पं. मतिराज शर्मा शास्त्रीले बैदिक मन्त्र वाचन तथा साना नेपाली बाल बालिका हरुद्वारा नेपालको राष्ट्र गान "सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली" गाएर भएको थियो। सोसाइटीका अध्यक्ष मोहन ज्ञवालीले संगीतकार बासकोटा, राजदूत आचार्य र श्रीमती डा. गीता आचार्यलाई फुलको गुच्छाले स्वागत गर्नु भएको थियो।

नेपालका ख्यातीप्राप्त संगीतकार, रचनाकार तथा गायक शम्भूजीत बासकोटाले नेपाली-नेपाली बिचको नातालाई बलियो गरी गाँस्ने काम मात्र गरेनन्‌ बल्की उनका सदाबहार गीतहरु गाएर सबैलाई धितमरुन्जेल नचाए पनि। उनलाई आज साँझको कार्यक्रममा नेपालबाट भर्खरै अमेरिका आएकी प्रतिभाशाली गायिका पबिता बागचन्दले "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" लगायतका गीतहरुमा साथ दिएकी थिइन्‌।

कार्यक्रमाका मुख्य अतिथी सङ्युक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले रिजवूडका नेपालीहरुको डारेक्‍टरी पुस्‍तिकाको बिमोचन गर्नु हुँदै न्यूयोर्कमा नेपालीहरुले गरेको उल्लेख्य कामहरुको सराहना गर्नु भयो। राजदूत आचार्यले संगीतकार शम्भूजीत बासकोटालाई अभिनन्दन-पत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नु भयो।

कार्यक्रमाको संयोजन कृष्ण पोखरेलले गर्नु भएको थियो भने उक्त साँझको उद्घोषण नेपालकी चर्चित कबयत्री 'निहारिका' निलम कार्कीले गर्नु भएको थियो। अन्य कलाकारहरुमा, गायन तर्फ Sunil Budhathoki, Sunil Basnet, Rajendra Rai, Amalia Rubin, Shrabya Baral र Digbijaya Thapa थिए भने नृत्‍य तर्फ Sulochana Pandey, Swarnima Ghimire, Priya Shahi, Shraddha Shrestha, Priya Koirala, Jasmita Adhikari, Tulsi Acharya, Jyoti Adhikari र Ashmita Shrestha ले आ-आफ्ना सुन्दर नृत्‍य प्रस्तुत गरेका थिए ‌। प्रहसन तर्फका कलाकारहरुमा Bhuwaneshwar Adhikari, Tulsiram Acharya, Lalita Aryal, Kamala Timilsina, Dipak Kaphle, Bhawani Bastola र Ramkumari Adhikari थिए ‌।

----------------------------------------------------------------------------------------------------------

Vijaya Dashain and Dipawoli Cultural Porgam in Ridgewood:

On the auspicious occasion of Vijaya Dashami & Dipawoli 2008, Ridgewood Nepalese Society Presents Vijaya Dashami & Dipawoli Cultural Program.Let's have fun with SHAMBHUJEET BASKOTA, one of the chief and popular Music Composer as well as Singer of Nepal who accepted our request to perform show in Ridgewood, New York.And lot's of fun with DANCE, SONGS, SNACKS, DINNER, DJ....For detail information: Click Here....

----------------------------------------------------------------------------------------------------------

विजया दशमी तथा शुभ दिपावलीको शुभ अबसरमा Ridgewood Nepalese Society ले पण्डित मोतीराज भुसाल " शास्त्री" द्वारा नवदुर्गा पूजा सन्चालन गरिरहेको हुँदा यहाँहरु उपस्थिती भई पूजा अर्चना एवम् प्रसाद ग्रहण गरिदिन हुन सबै नेपाली एवम् हिन्दूजनहरुमा हार्दिक अनुरोध गरिन्छ।

मन्दिरको पूजा अर्चना कार्यक्रम:

विहान : 6.00 AM - 7.00 AM
बेलुका : 9.00 PM - 10.30 PM
स्थान: 1655 Putnam Ave ( Basement )

सम्पर्क:
कृष्ण पोख्रेल 917 574 0809 , मोहन ज्ञवाली 646 299 0447, गजेन्द्र बुढाथोकी 917 659 0529

----------------------------------------------------------------------------------------------------------

बोक्सी चलचित्रको प्रदर्शन

September 28, 2008

नेपालमा आएको बाढीपीडितको सहयोगार्थ Ridgewood Nepalese Society ले गत सेप्टेम्बर २८, आईतवारको दिन चलचित्र " बोक्सीको " सार्वजनिक प्रदर्शन गरेको थियो। नाटककार बालकृष्ण समको एकाङ्की नाटकमा अधारित् उक्त चलचित्रको निर्देशन् गोपाल चन्द्र लामिछानेले गर्नु भएको हो। उक्त प्रदर्शनमा सम्बाद् रहित छोटो चलचित्र " ऐना " को पनि प्रदर्शन गरिएको थियो। Ridgewood Nepalese Society ले उक्त चलचित्र अन्य भागहरुमा पनि प्रदर्शन गर्ने तयारी गरेको छ। यसबाट सङ्कलित रकम बाढीपीडितको सहयोगार्थ नेपाल पठाईने छ।

----------------------------------------------------------------------------------------------------------